२३ बैशाख २०८१, आईतवार
Follow Us

भारतको महाराष्ट्रमा पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०७७, मंगलवार ०३:३३

मुम्बाइ । भारत महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पाँच तले भवन भत्किदा एक जनाको मृत्यु भएको छ । भवनमा फसेका ६० जनाको उद्धार गरिएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भत्किएको भवनमा अझै ३० जना मानिस फसिरहेको अनुमान गरिएको छ । उनीहरुको उद्धार प्रयास भैरहेको छ ।

सोमबार बेलुका सात बजेतिर भवन भत्किएको हो । सो भवनमा करिब ४७ वटा फ्ल्याट थिए । भवन हल्लिन थालेपछि सो भवनका केही बासिन्दा बाहिर निस्किएका थिए । दक्षिण मुम्बईबाट १ सय ८० किलोमिटर परको महाड शहरको सो भवन एक दशक पुरानो भएको बताइएको छ ।

गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद प्रतिक्रिया बलका महानिर्देशकलाई उद्धार र सहायता प्रदान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री उद्धव ठाकरे लगायतले पनि उद्धारमा जुट्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् ।