२० बैशाख २०८१, बिहीबार
Follow Us

बाँकेमा आज २२ जना कोरोनामुक्त भई डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७७, बिहीबार ०८:१३

नेपालगन्ज । बाँकेका बिभिन्न आईसोलेसन सेन्टरबाट आज ९ जना महिला र १३ जना पुरुष गरी २२ जना कोरोना मुक्त भई घर फर्केका हुन् । नेपालगन्जस्थित होटल सिटि प्यालेस आईसोलेसन सेन्टरबाट १ जना महिला, ३ जना पुरुष, खुल्ला कारागार आइसोलेसन सेन्टरबाट २ महिला ४ पुरुष कोरानामुक्त भएका हुन् ।

त्यस्तै सुशिल कोईराला क्यान्सर अस्पताल खजुराको आईसोलेसन सेन्टरबाट ३ महिला २ पुरुष, प्राथमिक स्वास्थ्य केन्द्र बैवनाथको आइसोलेसन सेन्टरबाट २ पुरुष डिस्चार्ज भएका छन् ।

साथै आदर्शनगर नेपालगन्जको आइसोलेसन सेन्टरबाट १ जना महिला र कृषि तालिम केन्द्र खजुराको आईसोलेसन सेन्टरबाट १ जना पुरुष डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।