२० बैशाख २०८१, बिहीबार
Follow Us

एकैदिन १ हजार १११ जनामा कोरोना पुष्टि, ८ को मृत्यु, उपत्यकामा ३७७ थपिए

नेपालब्रिटेन संवाददाता
११ भाद्र २०७७, बिहीबार ११:३२

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३५ हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ६२९ पीसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । जसमा १ हजार १११ जनामा सङ्क्रमण देखिएको उनले बताए ।

देशभरमा गरी पछिल्लो २४ घण्टामा ५६९ जना निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या जम्मा २० हजार ७३ पुगेको छ । देशभर हाल १५ हजार २७३ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्यारेन्टिनहरुमा हाल ९ हजार ४८८ जना रहेका छन् ।

उपत्यकामा ३७७ थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर. गौतमका अनुसार काठमाडौमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना नयाँ सङ्क्रमित भेटिएका हुन् । अहिलेसम्म कोरोना भाइरस संक्रमणवाट देशभर १ सय ८३ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा आठ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।