२० बैशाख २०८१, बिहीबार
Follow Us

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०७७, शुक्रबार ०३:५७

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । झापा र मोरङका एक–एक जना संक्रमितको आज विहान मृत्यु भएको हो ।

झापाको कमल गाउँपालिकाका तीन केर्खा बजारका ८३ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । एक साता अघि अस्पताल भर्ना भएका उनको विहान चार बजे मृत्यु भएको हो ।

उनका परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएकाले मेची अस्पताल भद्रपुरको आइसोलेसन राखेर उपचार भइरहेको छ ।

त्यस्तै मोरंगका ५६ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुने युवक बेलबारी पाँचका रहेका छन । उनमा भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । प्रतिस्ठानमै उपचारका क्रममा बिहीबार साँझ पनि एक जनाको मृत्यु भएको थियो ।

सिरहा नगरपालिका १ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि उनलाई भदौ छ गते अस्पताल भर्ना गरिएको थियो ।