१५ बैशाख २०८१, शनिबार
Follow Us

सिरहामा नेकपा र जनता समाजवादी पार्टीका दुई समूहबीच झडप

नेपालब्रिटेन संवाददाता
१४ भाद्र २०७७, आईतवार ११:३९

सिरहा । सिरहाको भगवानपुरमा रूखको छहारीमा बस्ने विषयको विवाद बढ्दै गएपछि नेकपा र जनता समाजवादी पार्टीका दुई समूहबीच झडप भएको छ । भगवानपुर गाउँपालिका– २ लहरा गाउँमा शनिवार भएको सामान्य विवाद झडपमा परिणत हुँदा ९ जना गम्भीर घाइते भएका हुन् ।

घाइतेहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । तिमध्ये नोबेल अस्पतालमा छ जना र विराट नर्सिङ होममा तीन जनाको उपचार भैरहेको हो । घाइते सबैको टाउकोमा चोट लागेको छ । एकजनाको हात भाँचिएको छ ।

झडपमा २० जना भन्दा बढी घाइते भएपनि अन्य सामान्य उपचारपछि घर फर्केका छन । शुक्रबार बरियारपट्टि गाउँपालिका– १ कचनारी गाउँमा पनि जसपा र कांग्रेस कार्यकर्ताबीच धानखेतमा पानी लगाउने विषयमा कुटाकुट भएको थियो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।