१९ बैशाख २०८१, बुधबार
Follow Us

कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु, १०६९ संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०७७, मंगलवार १०:४५

काठमाडौं । नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौं उपत्यकामा ४८१ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३९ पुगेको मन्त्रालयले बताएको छ ।