२५ बैशाख २०८१, मंगलवार
Follow Us

भारतमा एकैदिन थपिए झण्डै ८३ हजार कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७७, बिहीबार ०४:१८

नयाँदिल्ली । भारतमा एकैदिन करिब ८३ हजार मानिसमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या विश्वमै अहिलेसम्म एकै दिनमा एकै देशमा पुष्टि भएको उच्च संंख्या हो । बुधबार एकै दिन भारतमा ८२ हजार ८ सय ६० जना संक्रमित थपिएका हुन् ।

यसअघि भारतमा सबैभन्दा बढी गत आइतबार भारतमा ७९ हजार ४ सयमा संक्रमण पुष्टि भएको थियो । यसअघि एकैदिन धेरै संक्रमणको तथ्यांक अमेरिकामा थियो । त्यहा जुलाई २४ मा ७८ हजार ५ सय ८६ जना संक्रमित थपिएका थिए । भारतमा एक महिनामै भारतमा २० लाख ४४ हजार २ सय ६६ जना संक्रमित थपिएका छन् ।

यसअघि अमेरिकामा एकै महिना १४ लाख ७२ हजार र ब्राजिलमा १२ लाख ६७ हजारमा संक्रमण देखिएको थियो । यो संख्यालाई पनि भारतले उछिनेको छ । भारतमा संक्रमितको संख्या ३८ लाख ४८ हजार ९ सय नाघेको छ । त्यहाँ एक महिनामै २९ हजार २ सय २५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट भारतमा अहिलेसम्म ६७ हजार ४ सय ८६ जनाले ज्यान गुमाएका छन् । विश्वमा हालसम्म २ करोड ६१ हजार ७७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ लाख ६७ हजार भन्दा बढीको मृत्यु भएको छ । १ करोड ८४ लाख ४२ हजार संक्रमणमुक्त भएका छन् ।

कोरोनबाट सबैभन्दा बढी अमेरिकामा १ लाख ८९ हजार ९ सयको मृत्यु भएको छ । दोस्रो स्थानको ब्राजिलमा १ लाख २३ हजार ८ सयले ज्यान गुमाएका छन् ।