२५ बैशाख २०८१, मंगलवार
Follow Us

ललितपुरमा आज दिनभर कर्फ्यू

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७७, शुक्रबार ०३:३९

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीवार प्रहरीसँग झडप भएपछि आज दिनभर ललितपुरमा कर्फ्यू जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ललितपुरले विहान चार बजेदेखि बेलुका दश बजेसम्मका लागि कर्फ्यू लगाएको हो ।

कर्फ्यू ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा लागू हुने प्रशासनले जनाएको छ । प्रशासनले केही उच्छृङ्खल समूह र व्यक्तिहरूले कठिन परिस्थितिको नाजायज फाइदा उठाइ धार्मीक, सांस्कृतिक विश्वासमा खलल पुर्‍याइ शान्ति सुरक्षा भङ्ग गर्नेगरी गैरकानुनी हर्कत गरेको भन्दै कर्फ्यू लगाएको हो ।

कर्फ्यू लगाइएको समयमा तोकिएको क्षेत्रभित्र आवतजावत गर्न, भेला हुन र जुलुस निकाल्न निषेध गरिएको छ । तोकिएको क्षेत्रमा कर्फ्युको समयमा घरबाट बाहिर निस्किएमा सुरक्षा अधिकारीले गोली समेत हान्न सक्ने आदेशमा उल्लेख छ , बिहीवार सयौँको संख्यामा उपस्थित भएका मानिसहरूले रातो मच्छिन्द्रनाथको रथ तानेर बीच सडकमा ल्याएपछि प्रहरी र प्रदर्शनकारीविच झडप भएको थियो । सो क्रममा प्रहरीमाथि आक्रमण गर्ने नौ जना पक्राउ परेका छन् ।