२९ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा आज ९ सय ७९ संक्रमित थपिए, ११ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२२ भाद्र २०७७, सोमबार ११:२२

काठमाडौं । नेपालमा लगातार कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनामा गरिएको परीक्षणमा ९ सय ७९ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

त्यस मध्य सक्रिय संक्रमित १६ हजार २ सय ५९ जना रहेका छन् । ती मध्य संस्थागत आईसोलेसनमा ९ हजार ६९ रहेका छन् भने होम आईसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन् ।
कोरोनाबाट अहिले सम्म ३० हजार ६ सय ७७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १७ सय ३६ डिस्चार्ज भएका छन् । अब क्वारेन्टाईनमा ४ हजार ४ सय ३९ जना रहेका छन् ।

उपत्यकामा ३२६ संक्रमित थपिए
आज उपत्यकामा ३२६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा जना, ललितपुरमा जना र भक्तपुरमा जना रहेका छन् ।आज काठमाण्डौमा २९३, ललितपुर २० र भक्तपुरमा १३ जना थपिएका छन् । उपत्यकामा भदौ ३ गतेदेखि निषेधाज्ञा लागू गरे पनि संक्रमित थपिने क्रम रोकिएको छैन ।

११ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुगेको मन्त्रालयले बताएको छ ।

१७ सय ३६ जना कोरोना मुक्त भइ घर फर्के
गएको २४ घण्टामा नेपालमा १७ सय ३६ जनाले कोरोना जितेर घर फर्केका छन् । आज १७ सय ३६ ले कोरोना जितेसगैं नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ३० हजार ६ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपालमा कोरोना मुक्त भइ घर फर्कनेको संख्या दैनिक रुपमा बड्दै गएको छ , जुन खुशिको कुरा हो । नेपालमा कुल कोरोना संक्रमित मध्य ६५ प्रतिशत निको भएका छन् । त्यसैगरी हाल नेपालमा चार हजार सात सय ३९ जना क्वारेन्टाइनमा र नौ हजार ६९ जना आइसोलेसनमा बसेका छन् ।