६ आश्विन २०८२, सोमबार
Follow Us

कुलमानका विश्वासपात्र सिलवाललाई प्राधिकरणको जिम्मा

नेपालब्रिटेन संवाददाता
६ आश्विन २०८२, सोमबार ०३:५३

काठमाडौं । सरकारले नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरिएको हो । सिलवाल प्राधिकरणको उपकार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका थिए ।

प्राधिकरणमा छँदा उनले तत्कालीन कार्यकारी निर्देशक एवं हालका ऊर्जामन्त्री कुलमाल घिसिङको निकट रहेर काम गरेका थिए । कुलमानलाई सफल बनाउन सिलवालको पनि महत्वपूर्ण भूमिका रहेको मान्नैहरु धेरै छन् ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले गत ११ चैतमा घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको थियो । सिवलाल प्राधिकरणको वितरण प्रणालीमा दख्खल भएका काबिल इन्जिनियर हुन् । उनको कार्यकाल चार वर्षको रहने गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

धेरै पढिएको