८ जेष्ठ २०८१, मंगलवार
Follow Us

थप एकहजार ८१ जनामा सङ्क्रमण पुष्टि, मंगलबार ९१८ निको भए

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०७७, बुधबार ११:१९

काठमाडौं । नेपालमा कोभिड–१९ का एकहजार ८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको पीसीआर परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका सङ्क्रमितसँगै देशभरि कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेको हो । सकृय सङ्क्रमित १५ हजार २५ रहेका छन् ।

प्रवक्ता डा. गौतमले हालसम्म ३३ हजार ८८२ जना कोभिड–१९ सङक्रमित निको भएर घर फर्केको बताउनुभयो । पछिल्लो चौबीस घण्टामा नौसय १८ जना निको भएका छन् ।

आइसोलेसनमा १५ हजार २५ रहेका छन् । क्वारेन्टिनमा पाँचहजार ४८० जना सङ्क्रमित रहेका छन् । पछिल्लो चौबीस घण्टामा छ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा तीनसय १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।