२३ बैशाख २०८१, आईतवार
Follow Us

तत्कालीन राजा वीरेन्द्रले चढ्ने सैनिक विमान संग्राहलयमा

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७७, आईतवार ०३:४४

काठमाडौं । नेपाली सेनाको प्रयोग गर्न नमिल्ने जहाज सडकमा गुडाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दरबारमार्गस्थित नारायणहिटी संग्राहलय लगिएको छ । कल साइन एन ए शुन्य दुई शुन्य भएको एभ्रो एयर क्राफ्टको उक्त जहाज भीभीआईपी सेक्युरिटीमा पहिला राजा वीरेन्द्रले प्रयोग गर्ने गरेको नेपाली थिए ।

जहाज पुनः प्रयोगमा ल्याउन नमिल्ने भएपछि जहाजको पार्टपुर्जा निकालेर तानेर गुडाउँदै नारायणहिटी पुर्‍याइएको हो । जहाजलाई नारायणहिटी संग्राहलय पुर्‍याएपछि झिकिएका पुर्जाहरु पुन ‘एसेम्बल’ गरिने सेनाले बताएको छ ।

नारायणहिटी संग्रालयमा राखिने उक्त जहाज संग्राहलय घुम्न जाने सर्वसाधारणले हेर्न पाउनेछन् । यो एभ्रो एयर क्राफ्ट कुनै समय नेपाली सेनासँग भएको सबैभन्दा बढी सिट क्षमता भएको जहाज हो ।

नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषद्ले उक्त सहयोग हस्तान्तरणमा समन्वयकारी भूमिका खेलेका थिए । साउन ३१ गते गएको पहिरोले लिदीका ३७ घर पुरिँदा ३९ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएकामध्ये ३७ जनाको शव भेटिएको छ भने दुई अझै बेपत्ता छन् ।