२० बैशाख २०८१, बिहीबार
Follow Us

कोरोनाबाट नेपालमा थप ९ जनाको मृत्यु, १०३९ संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७७, आईतवार ११:३३

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार नाघेको छ । विगत चौबिस घन्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको हो । थप ९ हजार १ सय ६५ पीसीआर नमूना परीक्षण गर्दा ६ सय ७४ पुरुष र ३ सय ६५ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा उपत्यकामा मात्रै ५ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४ सय ८३ जना संक्रमित थपिएका छन ।

भक्तपुरमा ८१ र ललितपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ । मोरङमा ७१, सर्लाहीमा २२, चितवनमा २७, धादिङ ३४ नवलपरासी पूर्वमा २० र लमजुङमा २७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बर्दियामा ६१, बाँकेमा १७, रुपन्देहीमा ३१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १ हजार १ सय ७३ जना कोरोना जितेर घर फर्केका छन ।

योसँगै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमित १५ हजार १ सय १७ जना छन । सक्रमितमध्ये ७ हजार ३ सय ८७ घरमै छन् भने बाँकी ७ हजार ७ सय ३० जना संस्थागत आइसोलेशनमा रहेका छन । संक्रमितहरूमध्ये १ सय ६९ जना सघन उपचार कक्षमा र २३ जना भेन्टिलेटरमा उपचार भैरहेको छ ।

६ हजार ५ सय ३६ जना क्वारन्टीनमा जना रहेका छन । अहिलेसम्म कोरोना भाइरस संक्रमण पहिचान गर्नका लागि आठ लाख ४० हजार ५ सय २७ पीसीआर नमूना परीक्षण भएको छ । पछिल्लो चौबिस घन्टामा थप नौ जनाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । तिमध्ये पुरुष छ र महिला तीन जना छन । काठमाडौंका चार, मोरङ र सिन्धुपाल्चोकाका एक–एक पुरुषको मृत्यु भएको छ । त्यस्तै काठमाडौंका दुई र कास्कीमा एक महिलाको कोरोनावाट ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना भाइरसवाट यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ ।