२० बैशाख २०८१, बिहीबार
Follow Us

अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७७, सोमबार ०७:२५

सिड्नी । अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै लागू भएको लकडाउनको विरोधमा मेलबर्नमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी भएका ७० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा सहभागी भएका २५० भन्दा बढीमध्येबाट ७० जनालाई प्रहरीले पक्राउ गरेको हो । भिक्टोरिया राज्यमा जुलाईको सुरुदेखि लकडाउन लागू भएको छ ।

लकडाउन खुकुलो बनाउने तयारी भइरहेका बेला प्रदर्शन भएको हो । अष्ट्रेलियामा २६ हजार ६ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तिमध्ये ८ सय १६ जनाको मृत्यु भएको छ ।
अष्ट्रेलियाको भिक्टोरियामा पछिल्लो समय कोरोना संक्रमणको केन्द्र बनेको छ । देशका कुल संक्रमित मध्ये ७५ प्रतिशत तथा मृतकममध्ये ९० प्रतिशत भिक्टोरिया राज्यका छन् ।