८ जेष्ठ २०८१, मंगलवार
Follow Us

सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७७, मंगलवार ०८:४१

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्मको लागि ज्ञवालीलाई कामकारवाही गर्न भनेका हुन् । मन्त्रिपरिषद् बैठकले नभई प्रधानमन्त्रीले तोकेका हुन् । गत फागुन २० गते युवराज खतिवडाले संवैधानिक प्रावधानअन्तर्गत राजीनामा दिएपछि प्रवक्ता तोकिएको थिएन । अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैँले सम्हालिरहेका छन् ।