काठमाडौँ । विगत २४ घण्टामा १२४६ मा कोरोना पुष्टि भएको छ । योसंगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनामा पिसिआर परीक्षण गरिएकोमा १२४६ मा कोरोना पुष्टि भएको जानकारी दिए । हालसम्म आठ लाख ८२ हजार ९१५ जनामा कोरोना परीक्षण गरिएको छ ।
विगत २४ घण्टामा कोरोनाबाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या जम्मा १२४३ रहेको छ । गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४२ हजार ९४९ छ । हाल देशभर १६ हजार २४१ सक्रिय सङ्क्रमित छन् । क्वारेटिनमा रहने व्यक्तिको सङ्ख्या सात हजार ८८३ रहेका छ । प्रवक्ता गौतमले कोरोनामुक्त हुने दर ७२ प्रतिशत रहेको जानकारी दिए ।
गौतमका अनुसार पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिरहा, सुनसरी, मकवानपुर, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य सङ्क्रमित भएका जिल्ला सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२४३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ ।