२० बैशाख २०८१, बिहीबार
Follow Us

क्वारेन्टिनमा बसेका युवकद्वारा आत्महत्या

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०७७, बिहीबार ११:०८

बुटवल । रुपन्देहीको देवदहमा क्वारेन्टीनमा बसेका एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । भदौ १७ गते भारतबाट आएर देवदहस्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टीनमा बसेका सोही वडाका २५ वर्षीय पिताम्बर पाण्डेले क्वारेन्टीनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर आत्महत्या गरेका हुन् । पाँच दिन अगाडि कोरोना परीक्षणका लागि स्वाब दिए पनि उनको रिपोर्ट आएको थिएन । आत्महत्या गर्नुको कारण भने खुलेको छैन ।