२० बैशाख २०८१, बिहीबार
Follow Us

आजको नेकपा सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल हुने

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७७, शुक्रबार ०४:००

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल गर्न सचिवालयको बैठक आज बस्दैछ । नेकपाको सचिवालय बैठक पहिलो पटक पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाडा कोटेश्वरमा बस्न लागेको हो ।

भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, एमसीसी, अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो ।

तिनै निर्णयहरु कार्यान्वयनका विषयमा सचिवालयमा छलफल हुन लागेको हो । मन्त्रीमण्डल पुर्नगठन पनि छलफलको एजेण्डमा रहेको छ ।
सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव स्थायी समितिले पारित गरेकाले सोही विषयमा सचिवालयमा विस्तृतमा छलफल हुन लागेको हो ।