२३ बैशाख २०८१, आईतवार
Follow Us

एकै दिन थपिए दुइ हजार भन्दा बढी कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७७, शुक्रबार ११:४५

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभरमा दुइ हजार बीस जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४५८ वटा पीसीआर परीक्षणमा २०२० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको छ । मन्त्रालयका अनुसार ८७१ जना संक्रमित निको भएका छन् ।

शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोना संकमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

उपत्यकामा थपिए ८५९
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८ , ललितपुरमा ७९ भक्तपुरमा ८२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौमा २ , ललितपुर र भक्तपुरमा एक एक जनाको मृत्यु भएको छ ।