१८ बैशाख २०८१, मंगलवार
Follow Us

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई कोरोना पुष्टि

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७७, शुक्रबार १३:१२

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो । कोरोना देखिएपछि महर्जन बखुण्डोलस्थित घरमा आइसोलेसनमा बसेका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गरेका छन ।

उनी बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी भएका थिए । यसअघि काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई पनि भदौ १५ गते कोरोना संक्रमण भएको थियो । उनी भदौ २८ गते कोरोनामुक्त भएर काममा फर्किसकेका छन ।