२३ बैशाख २०८१, आईतवार
Follow Us

गुण्डानाईके ‘बले’को २०करोड अबैध सम्पत्ति

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७७, सोमबार १२:१७

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले गुण्डानाइके बलराम सापकोटा ‘बले’ र उनकी श्रीमतीविरुद्ध सम्पत्ति शुद्धिकरण विभागले मुद्धा दायर गरेको छ । विभागले सोमबार विशेष अदालतमा १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।

काभ्रेको रोसी ४ घर भई हाल लाजिम्पाट बस्दै आएका बलेका विरुद्ध सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धानका लागि निवेदन दिएपछि विभागले अनुसन्धान शुरु गरेको थियो । यसअघि जुवाखालबाट पक्राउ परेका थिए । उनी जुवाखालबाट पक्राउ परेपछि प्रहरीले सम्पत्ति शुद्धिकरण विभागमा अनुसन्धान लागि पठाएको थियो ।

विभागले बलेकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध पनि २ करोड ५५ लाखको सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेको छ । बलेका नाममा रहेको घरजग्गा र गाडी पनि जफत गर्न पनि माग गरिएको छ । बलेको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको ३ लाख १६ हजार नगदसहित ४ लाख ५५ हजार नगद र ४१ लाख पर्ने भक्सवागन गाडी पनि जफत गर्न माग गरिएको छ । पन्चकन्या हाउजिङ, भेगास सिटी र एम्पिल फ्लाइटमा पनि करोडौंको सेयर लगानी रहेको त्यसको स्रोत नखुलेको दावी गरिएको छ ।