२३ बैशाख २०८१, आईतवार
Follow Us

कोरोना संक्रमित ४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७७, बुधबार ०५:२८

काठमाडौं । आज कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ । बुटवलमाई २, हिजो साँझ चितवनमा १ र झापामा एक शिशुको निधन भएको हो । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका २ को निधन भएको छ । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्धको र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको आज बुधबार बिहान मृत्यु भएको हो ।

गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएका नवलपरासीका वृद्धमा दम र उच्च रक्तचापको पनि समस्या थियो । बुटवल कि महिलामा भने उच्च ज्वरोबाहेक अन्य समस्या देखिएको थिएन । उनीमा गत शनिवार संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार साँझ भरतपुर महानगरपालिका–१० का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै झापाको मेची प्रादेशिक अस्पतालमा मृत्यु भद्रपुर नगरपालिका ८ का दुई महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको ३ घण्टापछि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।