२६ बैशाख २०८१, बुधबार
Follow Us

दिल्ली फर्किए ‘रअ’ का प्रमुख

नेपालब्रिटेन संवाददाता
६ कार्तिक २०७७, बिहीबार ०५:४९

काठमाडौँ । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल दिल्ली फर्किएका छन् । बुधबार नेपाल आएका गोयल बिहीबार नै दिल्ली फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा स्रोतका अनुसार आईएफबी ६०४५ कल साइनको चार्टर्ड उडानबाट गोयलको टोली स्वदेश फर्किएको छ ।

गोयलले नेपालमा क–कसलाई भेटे भन्नेबारे सूचना गोप्य राखिएको छ । हिजो नेपाल आएर आजै दिल्ली फर्किएका गोयलले नेपालको राजनीतिमा थप आशंका उब्जाएको छ ।

नेकपाकै नेताहरु पनि गुप्तचर प्रमुखको नेपाल भ्रमणबारे अन्योलमा परेका छन् । कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले पत्रपत्रिका पढेर भारतीय गुप्तचरको भ्रमणबारे थाहा पाएको बताएका छन् ।