१५ बैशाख २०८१, शनिबार
Follow Us

बिहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७७, बुधबार ०४:५६

पटना । भारतको बिहारमा विधानसभा चुनावको पहिलो चरणको मतदान आज शुरू भएको छ । पहिलो चरणमा १६ जिल्लाका ७१ सिटका लागि आज मतदान भैरहेको हो । पहिलो चरणको मदतानमा २ करोड १४ लाख मतदाता सहभागी हुने अनुमान गरिएको छ ।

बिहारमा ७१ सिटका लागि १ हजार ६६ जना चुनावी मैदानमा छन् । कोरोना संक्रमणको त्रासविच भारतमा पहिलो पटक चुनाव हुन लागेको हो । मतदान केन्द्रमा मतदाताहरुका लागि जनस्वास्थ्य मापदण्डको पालना अनिवार्य गरिएको छ ।

बिहारमा तीन चरणमा मतदान हुँदैछ । दोस्रो चरणको मतदान ३ नोभेम्बरबाट हुनेछ भने तेस्रो चरणमा १० नोभेम्बरबाट हुनेछ । मतगणना १० नोभेम्बरबाट शुरु हुनेछ । बिहारमा कूल २ सय ४३ विधान सभा सीट छन् ।