१६ बैशाख २०८१, आईतवार
Follow Us

सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी मुल्मीको निधनप्रति दुःख व्यक्त

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०७७, बुधबार १२:५०

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रजातन्त्र सेनानी मुल्मीको यही कात्तिक ११ गते ललितपुरको हात्तिसारस्थित आफ्नै निवासमा ८५ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

विसं २०१७ साल फागुन १५ गते तत्कालीन व्यवस्थाको विरोध गर्दै भएको प्रदर्शनका क्रममा मुल्मीले करीब डेढ वर्ष जेल जीवन व्यतित गर्नु भएको पार्टीले जनाएको छ । मुल्मीले नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पु¥याउनु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।