१५ बैशाख २०८१, शनिबार
Follow Us

‘ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना संक्रमण फैलिने निश्चित’

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७७, बिहीबार ०६:०३

न्यूयोर्क । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रचार अभियानमा स्वास्थ्य मापदण्ड नअपनाइएको भन्दै आलोचना गरेका छन् ।

ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना संक्रमण फैलिने निश्चित भएको फाउचीको भनाइ छ । मास्कबिनै र भौतिक दूरी कायम नगरी मानिसहरुको भीड जम्मा गर्नुलाई सम्भावित ’सुपरस्प्रेडिङ’को संज्ञा उनले दिएका छन् ।

ह्वाइट हाउसमा आयोजित एक सभापछि ट्रम्प प्रशासनका धेरै कर्मचारीलाई कोरोना संक्रमण भएको उदाहरण दिँदै संक्रामक रोग विशेषज्ञ फाउचीले स्वास्थ्य मापदण्डबिना चुनावी र्‍याली गर्नु संक्रमण फैलाउनु भएको उल्लेख गरे ।

अमेरिकाभर लकडाउन गरेको भए कोरोना संक्रमण रोकथाममा सहयोग पुग्न सक्ने सम्भावना रहेको पनि उनले औंल्याए ।

अमेरिकाको बुधबार एकैदिन ८० हजार २ सय ५४ संक्रमित थपिएका छन् । एक हजार ३९ जनाको मृत्यु भएको छ । अमेरिकामा कुल संक्रमित संख्या ९१ लाख १८ हजार ५ सय नाघेको छ । २ लाख ३३ हजार भन्दा बढीको मृत्यु भएको छ ।