१६ बैशाख २०८१, आईतवार
Follow Us

मुलुकमा दण्डहीनताले सीमा नाघ्यो : डा. शेखर कोइराला

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७७, बिहीबार ०६:०७

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा दण्डहीनताले सीमा नाघेको बताएका छन् । पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न दिएको जाहेरी प्रहरीले नलिएको सन्दर्भमा ट्वीट गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन् ।

उनले ट्वीटमा मुलुकमा कानुनी राज्य कहाँ छ भन्दै जनता न्याय माग्न कहाँ जाने भनी सरकारसँग प्रश्न समेत गरेका छन् । व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न नमानेकोमा कोइरालाले आपत्ति समेत जनाएका छन ।