२४ बैशाख २०८१, सोमबार
Follow Us

बोक्सीको आरोप लगाउँदै छोराले कुटपिट गर्दा आमाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०७७, आईतवार ०६:२९

सिरहा । सिरहाको कर्जन्हामा बोक्सीको आरोप लगाउँदै छोराले कुटपिट गर्दा आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका तीनमा बोक्सीको आरोप लगाउंदै छोराले कुटपिट गर्दा ७५ वर्षीया आमा सुदामादेवी साह सोनारको मृत्यु भएको हो ।

कुटपिटबाट घाइते उनको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । मंगलबार दिउँसो कान्छो छोरा रामऔतार साहको कुटपिटबाट उनको घाँटीमा चोट लागि सुदामा गम्भिर घाइते भएकी थिइन् । कुटपिटमा सग्लन छोरालाई प्रहरीले नियन्त्रणमा लिएर छानविन अघि बढाएको छ ।