२४ बैशाख २०८१, सोमबार
Follow Us

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७७, सोमबार ०६:०६

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । चितवन, धादिङ, मोरङ र झापामा एक–एक जनाको मृत्यु भएको हो । चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिकाका ७९ वर्षीय पुरुष र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । चितवनमा हालसम्म कोरोना संक्रमणका कारण ६४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै मोरङको विराटनगरमा दुई जना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालमा विराटनगर महानगरपालिका–३ का ७० वर्षीय पुरुष र नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।