२४ बैशाख २०८१, सोमबार
Follow Us

पार्टी एकताको पक्षमा उभिन प्रवक्ता श्रेष्ठको आह्वान

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०७७, सोमबार ०६:०७

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत् पार्टीको बैठक बसी सबै पक्षका बारेमा खुल्ला छलफलबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।

पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मिहेनत पसिना लगाएर हासिल गरिएको भन्दै त्यसलाई जोगाउनुपर्ने उनको भनाइ छ । फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलन, जनादेशविरूद्ध हुने उनको भनाइ छ ।

उनले पार्टीको बैठक बसी सबै पक्षहरूको बारेमा खुला छलफल गर्नुपर्ने माग गरेका छन् । प्रवक्ता श्रेष्ठले व्यक्तिगत अहंकार, आवेग र आक्रोशले समाधान नदिने र कसैको हित नगर्ने समेत उल्लेख गरेका छन् ।