३० बैशाख २०८१, आईतवार
Follow Us

बागलुङ समाज बेल्जियमको नयाँ नेतृत्व सर्वसम्मत

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७७, मंगलवार ०६:१६

लुभेन । बागलुङ समाज बेल्जियमको चौथो अधिवेशनवाट निर्वाचित नेतृत्व सर्बसम्मत चयन भएको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा राजू थापा, उपाध्यक्ष कर्णबहादुर अधिकारी, महासचिब दुर्गा प्रसाद सापकोटा (बिजय), सचिब राजेन्द्र घिमिरे, सचिब प्रभात पौडेल, कोशाध्यक्ष जयराम केसी, सहकोशाध्यक्ष, जयराम शर्मा रहेका छन् ।

पदेन सदस्य गंगाप्रसाद शर्मा रहेका छन् भने सदस्यहरुमा धर्म पाठक, प्रमानन्द सापकोटा, पुनम शर्मा, मकर पुन, सुरेश महत, रेशम राना, सुर्य सापकोटा, संजय कुवर, सीता कुवर, गंगाधर गौतम रहेका छन् । समाजका अध्यक्ष गङ्गाप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त उदघाटन सत्र बेल्जियमका लागी राजदूत लोकबहादुर थापाको प्रमुख आतित्थयतामा भएको थियो।

उद्घाटन सत्रमा एनआरएनए बेल्जियमका अध्यक्ष चित्र सुवेदी, एनआरएनए केन्द्रिय सहकोषाध्यक्ष लोकप्रसाद दाहाल, बागलुङ अन्तरास्ट्रिय समाज प्रथम अधिबेशन समन्वय कोर्दिनेटर एकराज गिरी,बेल्जियम तथा बेल्जियम बाहिरका बाग्लुङ समाजका प्रतिनिधि, वैचारिक तथा सामाजिक सस्थाका अध्यक्षलगायत नेपालबाट बाग्लुङ समाज काठमाडौंका प्रतिनिधिले शुभकामना दिए ।

दोस्रो सत्र नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका सदस्य एब पुर्ब मन्त्री चम्पा खडकाको विशेष उपस्थितिमा भएको थियो भने सस्थाका महासचिब प्रमानन्द सापकोटाले सन्चालन तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए,कोशाध्यक्ष दुर्गा सापकोटालेआर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सस्थाका उपाध्यक्ष संजयश्याम राजभण्डारीले स्वागत मन्तब्य राख्नु भएको थियो।