३० बैशाख २०८१, आईतवार
Follow Us

भूपू ब्रिटिश गोर्खा सैनिक गजेन्द्रबहादुरको विराटनगरमा निधन

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७७, मंगलवार ०६:४३

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप छ जनाको मृत्यु भएको छ । सुनसरी, बाग्लुङ, कास्की, सप्तरी, उदयपुर, र पर्सामा एक–एक जना संक्रमितको मृत्यु भएको हो । धौलागिरी अस्पताल बाग्लुङमा उपचार गराइरहेका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बाग्लुङ नगरपालिका–३ का ६६ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै पोखरा महानगरपालिका–५ की ५९ वर्षीया महिलाको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै संक्रमणबाट धरानमा थप दुई जना पुरुषको मृत्यु भएको छ ।

प्रतिष्ठानको रेडियोलोजी विभागमा कार्यरत तीस बर्षीय रेडियोग्राफरको मृत्यु भएको हो । उनी सप्तरीको महादेवा– छ का बासिन्दा हुन् । भूपू ब्रिटिश गोर्खा सैनिक आन्दोलनका प्रमुख अभियन्ता गजेन्द्र इस्वोको पनि उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिक संघका पूर्व अध्यक्ष रहेका ६३ वर्षीय इस्बो समाजवादी पार्टीका नेता हुन् । उनी पूर्व गोर्खा सैनिकको अधिकारको क्षेत्रमा लामो समयदेखि लड्दै आएका थिए । धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा पनि मेयरको उम्मेदवार बनेका थिए ।

उदयपुरमा चौदण्डीगढी नगरपालिका बेलटारका ४० वर्षीय एक पुरुषको पनि बिराटनगर स्थित कोसी अंचल अस्पतालमा मृत्यु छ । त्यस्तै पर्साको धोविनी गाउपालिकाका ५५ वर्षका पुरुषको गएराति नारायणी अस्पतालमा मृत्यु भएको हो ।