२१ बैशाख २०८१, शुक्रबार
Follow Us

आज ३३०९ संक्रमित थपिए, ३८४४ जना डिस्चार्ज, ३० को निधन

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७७, बुधबार १०:५८

काठमाडौं । नेपालमा गत २४ घण्टामा ३३०९ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३१४४ जनाको पीसीआर परीक्षण गर्दा ३३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै १८७८ जना संक्रमित भएका छन् । काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८४४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४४८७८ रहेको छ । नेपालमा निको हुनेको दर ७९.२ प्रतिशत रहेको छ ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु भएको छ । यो संख्या नेपालमा कोरोना संक्रमणबाट एकदिनमा मृत्यु भएको सबैभन्दा धेरै मृत्यु हो । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १ हजार ३४ पुगेको छ ।