२१ बैशाख २०८१, शुक्रबार
Follow Us

वीरका चिकित्सकहरुले दिए सामूहिक राजीनामा

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७७, बुधबार ११:२९

काठमाडौ । वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। कोरोना महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले निरन्तर पेस गर्दा पनि आफ्ना मागहरू पूरा नभएको भन्दै अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्।

पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा खटाइएको उल्लेख छ।साथै अस्पतालले धम्की दिँदै विभिन्न काममा खटाएको चिकित्सकहरूको भनाइ छ । चिकित्सकहरुले सामूहिक राजीना दिए पनि वीर अस्पतालको आकास्मिक कक्षको उपचार भने सञ्चालनमै रहेको छ ।