२२ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिका चुनाव : बाइडेन जीत नजिक

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७७, बिहीबार ०६:१६

न्यूयोर्क । अमेरिकी राष्ट्रपतिका डेमाक्रेटिक पार्टीका ७८ वर्षीय उम्मेदवार जो बाइडेन जीत नजिक पुगेका छन् । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै उनले जित्ने सम्भावना बढेको छ ।

उनले कुल ५ सय ३८ इलेक्टोलर सिटमध्ये विजयका लागि आवश्यक २ सय ७० सिट नजिक आफूलाई पुर्‍याएका छन् । आज बिहानसम्म उनले २ सय ६४ सिटमा जित निश्चित गरेका छन् । अब उनलाई ६ सिट भए पुग्छ ।

अब निर्णायक मानिएको पेन्सेल्भेनियामा बाइडेनले मतान्तर कम गरेका छन् । एरिजोनाका ११ र नेभाडाका ६ सिटमा डेमोक्रेट अगाडि देखिएकाले त्यो सत्र सिट उनी विजय हुन पर्याप्त हुने देखिएको छ ।

बाइडेनले आफू विजयी हुनेमा विश्वस्त रहेको बताएका छन । उनले एक एक मतको गणना गरिनुपर्ने पनि बताएका छन् । अहिलेसम्म ५० मध्ये ४५ राज्यबाट मतपरिणाम आइसकेको छ । अब ५ वटा राज्यबाट परिणाम आउन बाँकी छ ।

बाँकी अधिकांशमा ट्रम्प अगाडि भए पनि बाइडेनलाई ६ सिट ल्याउन केही नरोक्ने बताइएको छ । अमेरिकामा आगामी चार वर्षका लागि नयाँ राष्ट्रपति चयन गर्न मंगलबार मतदान सम्पन्न भएको हो ।