२३ बैशाख २०८१, आईतवार
Follow Us

कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७७, बिहीबार ०६:२३

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । पार्टीभित्र देखिएको विवादमा सहमति जुटाउन सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी हुने बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको १६ बुँदे विरोध पत्रमा केन्द्रित भएर छलफल हुनेछ ।

कात्तिक १७ गते विवाद मिलाउन बसेको शीर्ष नेता बैठक भएपनि सांसद सूर्यबहादुर केसीको निधनका कारण छलफल हुन सकेको थिएन । भोलि केन्द्रीय समिति बैठक बस्ने भएकाले विवादका विषयमा सभापति देउवाले त्यसअघि सहमति गर्न खोजेका हुन् ।

पौडेल पक्षले क्रियाशील सदस्यता, महाधिवेशन सुनिश्चितता, समायोजन र विभाग गठनलगायतमा संंस्थापनसँग असन्तुष्टि राख्दै आएको छ । सभापति देउवाले गठन गरेका विभाग खारेज गर्न गर्नुपर्ने उनीहरुको माग छ ।