२३ बैशाख २०८१, आईतवार
Follow Us

डा. केसीद्धारा सरकारको ध्यानाकर्षण

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७७, बिहीबार ११:४२

काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले आफुसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डा केसीले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वय गरी चिकित्सा क्षेत्रका समस्या समानान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन । सरकारले यसअघि पनि बारम्बार सम्झौता विपरीतका काम गरेकाले सरकारलाई निरन्तर खबरदारी गर्नुपरेको उनको भनाइ छ ।

डा. केसीले आफूसँग सरकारले पछिल्लो पटक सम्झौता गरेको एक महिना पुग्नै लागेको भन्दै सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरु लामो समय लाग्ने भएको जानकारी दिदै काम शुरु गरिहाल्नुपर्ने बताए । उनले नागरिक समाज, बुद्धिजीवीलगायत सबै आम नागरिकहरुको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकार आफुसँग सम्झौता गर्न बाध्य भएका पनि उल्लेख गरे । सरकारले गरेको सम्झौता कार्यन्वयन गराउन सरकारलाई खबरदारी गर्न सबैलाई उनले अपिल पनि गरे ।