२९ बैशाख २०८१, शनिबार
Follow Us

सिडमा बन्दना राणा पुनः निर्वाचित

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७७, मंगलवार ०९:४७

काठमाडौं । महिलाविरुद्ध हुने सबै प्रकारको विभेद अन्त्य गर्ने महासन्धि कार्यान्वयनको अनुगमन गर्ने विज्ञहरू संलग्न समिति (सिड) मा नेपालकी उम्मेदवार बन्दना राणा पुनः निर्वाचित भएकी छन् । राणा दोस्रोपटक समितिमा निर्वाचित भएकी हुन् ।

संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी नियोगका अनुसार संसारभरका १९ प्रतिस्पर्धीमध्ये १६ जनालाई पछि पार्दै कूल एक सय ३७ मत प्राप्त गरी उनी तेस्रो स्थानमा विजयी भएकी हुन् । उनले १३७ भोट ल्याएर विजयी भएकी हुन् ।

११ सदस्यका लागि १९ देशले उम्मेद्वारी दर्ता गरेका थिए। तर, तीन देशले उम्मेद्वारी फिर्ता लिएपछि १६ देशबीच मात्र प्रतिस्पर्धा भएको