३० बैशाख २०८१, आईतवार
Follow Us

प्रचण्ड बालुवाटारमा: अरु नेताको बैठक धुम्बाराहीमा

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७७, मंगलवार ०९:५६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार छिरेका छन् । अरु नेता भने पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेका छन् ।

यसअघि नै सचिवालयका बहुमत सदस्य (प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ) हरु धुम्बाराहीमै बसेका थिए ।

यसअघि बहुमत सचिवालय सदस्यहरूले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठकका लागि पत्र बुझाएका थिए । तर, प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाउन तयार नभएपछि फेरि मं‌गलबार पाँच नेता छलफलमा जुटेका हुन् । तर, यो बैठक औपचारिक हुने वा नहुनेबारे भने टुंगो कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटारबाट फर्कपछि लाग्नेछ ।