२८ बैशाख २०८१, शुक्रबार
Follow Us

ट्रम्पले हार स्वीकार नगर्नु लस्जास्पद

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७७, बुधबार ०४:४३

न्यूयोर्क । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद कुरा भएको बताएका छन् । गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले कुनै पनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताएका हुन् ।

तर राष्ट्रपति ट्रम्पले भने ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरेका छन् । ट्रम्पले आफूले राष्ट्रपतीय निर्वाचनमा हार बेहोरेको स्वीकार गर्न नमान्नुले राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने बाइडेनको भनाइ छ ।

सत्ता सम्हाल्ने तयारीमा रहेका बाइडेनले विश्वका विभिन्न देशका नेताहरुसँग टेलिफोन संवाद गरिरहेका छन् । उनले बेलायती प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँन तथा जर्मन चान्सलर एंगेला मार्केल लगायतसँग कुरा गरेका छन् ।

सो क्रममा आफुले अमेरिका पुनः विश्व मञ्चमा फर्किने जानकारी गराएको बाइडेनले बताए । विश्व नेतासँग जलवायु परिवर्तन, स्वास्थ्य, आतंकवाद विरुद्धको लडाइँ र सहकार्य सुदृढ गर्ने लगायतका विविध विषयमा कुराकानी भएको उनले बताए ।

बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिसले अन्तरिमक कालको काम थाल्ने प्रयास गरेका छन् । तर ट्रम्प प्रशासनले त्यसमा सहयोग गरेको छैन ।

हरेक चार वर्षमा हुने चुनावमा अमेरिकी सञ्चारमाध्यमले मतगणना अन्तिम चरणमा पुग्दै गएपछि विजयी हुने उम्मेदवारको नाम घोषणा गर्छन् । तर नतिजा स्वीकृत हुन समय लाग्छ । राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ मा प्रमाणीकरण गर्ने गर्दछन् ।