२७ बैशाख २०८१, बिहीबार
Follow Us

वामदेव गौतमलाई मन्त्री बन्न सर्वोच्च अदालतबाट क्लिन चिट

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७७, बुधबार ११:२६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतम विरुद्धको रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै गौतमलाई मन्त्रीबन्ने बाटो खुला भएको हो ।

प्रधानन्यायाधीससहितको संवैधानिक इजसालले गौतमको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै त्यसबारे अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको छ।

सरकारले गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने कोटाबाट राष्ट्रिय सभाको सदस्य बनाएपछि उनीविरुद्ध मन्त्री बन्न नदिन रिट परेको थियो । प्रतिनिधिसभा निर्वाचनमा हारेका व्यक्ति सोही कार्यकालमा मन्त्री बन्न नपाउने जिकिर गर्दै उनीविरुद्ध रिट परेको थियो ।