२८ बैशाख २०८१, शुक्रबार
Follow Us

सेयर बजारमा नेप्से परिसूचक १७ सयभन्दा माथि

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७७, बुधबार १२:४२

काठमाडौ । सेयर बजारमा नेप्से परिसूचक १७ सय अंकभन्दा माथि पुगेको छ । बुधबार एकै दिन २८ दशमलव ८९ अंकले वृद्धि भएर एक हजार सात सय सात दशमलव छ सात अंकमा पुगेको हो । सूचकमा सुधारसँगै कारोबार रकम ४ अर्ब ९ करोड ९६ लाख ४ हजार ७ सय ७२ रुपैयाँको भएको छ । बुधबार ६ वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ । फाइनान्स बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ ।

बुधबार १०१ वटा कम्पनीको मूल्य बढेको छ भने ५३ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । दिनभर भएका ३६ हजार ८ सय ९३ कारोबारबाट १९५ कम्पनीका १ करोड २५ लाख २३ हजार ६ सय ५१ कित्ता सेयर किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड ९० लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

सबैभन्दा धेरै व्यापार समूह ९ दशमलव ९९ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह ६ दशमलव २१ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह, म्युचुअल फण्ड र अन्य समूह ४ प्रतिशत बढीले बढेका छन् । बैंकिङ समूह पनि १ दशमलव १५ प्रतिशतले बढेको छ ।