३१ बैशाख २०८१, सोमबार
Follow Us

पूर्वमन्त्री भिम प्रसाद गौतमको निधन

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७७, बिहीबार ०४:०१

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो । उनको आजै देवघाटमा अन्त्येष्टि गरिँदैछ ।

उनी पुर्व भूमि सुधार मन्त्री तथा संविधानसभा सदस्य हुन् । गौतमलाई तनहुँ जिल्लाको कम्युनिस्ट आन्दोलनका अथक योद्धा मानिन्छ । मृतकका श्रीमती, दुई छोरा र चार छोरी छन् ।