२८ बैशाख २०८१, शुक्रबार
Follow Us

यूएईको कानून व्यापक परिवर्तन

नेपालब्रिटेन संवाददाता
२८ कार्तिक २०७७, शुक्रबार ०५:३६

यूएई । संयुक्त अरब इमिरेट्स ‘यूएई’ ले नागरिक र अपराधसम्बन्धी कानून व्यापक परिवर्तन गरेको छ । नागरिक तथा आप्रवासीको जीवन सहज बनाउन कानून संशोधन गरिएको हो । संशोधित कानून अनुसार अबदेखि यूएईमा बस्ने आप्रवासीले व्यक्तिगत मामिलाका मुद्दा आफ्नै देशका कानूनअनुसार समाधान गर्न अनुमति पाउनेछन् ।

संशोधनले विदेशी नागरिकले उत्तराधिकार, विवाह, सम्बन्ध विच्छेदलगायत विभिन्न मुद्दामा इस्लामिक अदालतको सजाय भोग्न नपर्ने भएको छ । सम्पत्ति लेनदेन, शारीरिक सम्बन्ध, सम्बन्ध विच्छेद, मादक पदार्थ, महिला सुरक्षा आदिका विषय सम्बन्धित देशको कानून अनुसार अघि बढने गरी कानुन संशोधन गरिएको हो ।

कुनैपनि देशबाट यूएई पुगेका दम्पतीले सम्बन्ध विच्छेद गर्न चाहे आफ्नै देशको कानूनबमोजिम त्यहीं गर्न पाउने व्यवस्था गरिएको छ । अब अविवाहित जोडीलेपनि सँगै बस्न पनि पाउने भएका छन् । यसअघि अविवाहित जोडी सँगै बस्नु ठूलो अपराध मानिन्थ्यो । कुनै विदेशीले बिना अनुमतिपत्र रक्सी खाएपनि कुनै कारबाही नहुने भएको छ । रक्सी किन्दा र पिउँदा उमेर २१ वर्षभन्दा माथिको हुनुपर्ने नियम बनाइएको छ ।