२४ बैशाख २०८१, सोमबार
Follow Us

राजतन्त्र र हिन्दु राष्टको माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७७, बुधबार १२:२६

काठमाडौं । राजतन्त्र र हिन्दु राष्टको माग गर्दै राजतन्त्र समर्थकहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन । प्रदेश २ राजधानी जनकपुरधाममा आयोजित मोटरसाइकल –यालीमा गाउँ गाउँबाट राजतन्त्र समर्थकहरु सहभागि भएका थिए । गन्तन्त्रवादीहरु देश चलाउन नसकेकोले नेपाललाई असफल हुनबाट जोगाउन राजा आवस्यक रहेको भन्दै उनीहरु राजतन्त्रको पषमा नाराबाजी गरेका थिए ।

प्रदर्शनमा सहभागिहरुले राजा आउ देश बचाउ, हिन्दू राष्ट्र कायम गर जस्ता नारा लगाएका थिए । नेपाल राष्ट्रवादी समूहद्वारा निकालिएको सो –यालीमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीबाट असन्तुष्ट भएका कार्यकर्ताहरु पनि सहभागि थिए । जनकपुरधामको रेल्वे स्टेशनवाट निस्केको सो –याली नगरको विभिन्न चोकको परिक्रमा गरेको थियो ।

पोखरामा समेत राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै प्रदर्शन भएको छ । बुधबार पोखरामा आयोजित राजतन्त्र समर्थकहरुले मोटरसाइकल –यालीको आयोजना गरेको हुन । –याली पछि आयोजित कोणसभा श्रीमान गम्भिर नेपाली गीतबाट शुरु भएको थियो । ०६२–६३ को जनआन्दोलनले विस्थापित गराएको तत्कालिन ‘राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली .१२ वर्षपछि पोखरामा बजेको हो ।

यसैगरी प्रदर्शनमा सहभागिहरुले राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नाराबाजी समेत गरेका थिए । पछिल्लो समय राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै देशका विभिन्न स्थानमा प्रदर्शन भइरेहको छ ।