२४ बैशाख २०८१, सोमबार
Follow Us

थप १९४८ जनामा कोरोना संक्रमण, ३१४० जना डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७७, बुधबार १२:३०

काठमाडौं । कोरोना भाइरसबाट थप १९४८ जना संक्रमित भएका छन् । गत २४ घण्टामा ९२१० जनाको पीसीआर परीक्षण गर्दा महिला ७७४ र पुरुष ११७४ जना गरी १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३१४० जना डिस्चार्ज भएका छन् । नेपालमा किनो हुनेको दर ९२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा २८ जनाको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३८९ जना रहेको छ ।

प्रदेश १ मा ३८९, प्रदेश २ मा १०६, बागमति प्रदेशमा १०१३, गण्डकीमा १८०, लुम्बिनीमा २१४, कर्णालीमा २ र सुदूरपश्चिममा ४४ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ८ सय ३५ संक्रमित थपिएका छन् ।

काठमाडौंमा ६३५, ललितपुरमा ११३ र भक्तपुरमा ८७ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाबाहेक झापामा १९३, मोरङमा ७२, सुनसरी ५३, धनुषा ४६ जना, कास्कीमा ९०, दाङमा ५१ र रुपन्देहीमा ४७ जना संक्रमित थपिएका छन् ।