२८ श्रावण २०८२, बुधबार
Follow Us

विदेशी पर्यटकलाइ भिसा प्रावधानमा खुकुलो बनाइदै

नेपालब्रिटेन संवाददाता
१० मंसिर २०७७, बुधबार १२:३२

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने भएको छ । विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी नागरिकले नेपाली भिसा प्राप्त गर्न दिने निवेदन तथा कागजात संकलन र सहजीकरणसम्बन्धि काम नेपाल सरकारले तोकेका कम्पनी र संस्थामार्फत गराउन सक्ने व्यवस्था प्रस्ताव गरेको छ । विधेयकमाथिको छलफलमा गृहमन्त्री रामबहादुर थापाले नेपालको पर्यटन क्षेत्रमा टेवा पु-याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको बताए ।

अध्यागमन सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अहिले छलफलका क्रममा रहेको छ । अध्यागमन सम्बन्धि विद्यमान कानून परिवर्तन गर्नुपर्ने विभिन्न पक्षबाट आवाज उठ्न थालेपछि सरकारले केही कानून संशोधन र एकीकरण गर्न विधेयक ल्याएको हो । नेपालमा विदेशीको आगमन, उपस्थिति र नेपालबाट विदेशीको प्रस्थानलाई नियमित र व्यवस्था गर्ने उद्देश्यले विधेयक ल्याइएको सरकारले जनाएको छ । विधेयक प्रचलनमा आएपछि विदेश जाने र विदेशबाट हुने नेपाली नागरिकको आगमनलाई थप व्यवस्थित गर्नेछ ।

धेरै पढिएको