२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा सचिवालय बैठक बुधबार बस्‍ने गरी सकियो

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०७७, मंगलवार १४:३१

काठमाडौं । नेकपाको सचिवालय बैठक बुधबार पुन बस्ने गरी सकिएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठकमा अध्यक्षद्धयको दुबै प्रस्तावमाथि छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल भएको हो । बैठकमा ओली र प्रचण्डका साथै अरु नेताहरुले पनि बोलेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।

कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्ताव र त्यसको जवाफमा मंसिर १३ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको प्रस्तावमाथि नेताहरुले आफ्ना धारणा राखेका थिए ।