२८ बैशाख २०८१, शुक्रबार
Follow Us

१३०४ कोरोना संक्रमित थपिए, थप २१ को मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ मंसिर २०७७, मंगलवार १४:३५

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना भाइरससंक्रमित थपिएका छन्। कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १३ सय ४ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

मन्त्रालयका अनुसार आज २ हजार ७३ जना डिस्चार्ज भएका छन् । योसहित निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। देशभर क्वारेन्टिनमा ६१६ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६३३ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३७० जनाको आइसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।