३१ बैशाख २०८१, सोमबार
Follow Us

ओली उपस्थित नभएपछि नेकपा सचिवालयको बैठक स्थगित

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०७७, बुधबार १२:५२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सचिवालय बैठक बसे पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली बैठकमा नआएपछि २० गते दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।

यस्तै बिहीबारका लागि बोलाइएको स्थायी कमिटी बैठक मंसिर २१ गतेसम्मका लागि सारिएको छ।